स्वीट्जरल्याण्डका दुई मन्त्रीले राजिनामा दिने घोषणा

(असोज १२, एजेन्सी) । स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामा दिने घोषणा गरेका छन् ।

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो । यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिइसकेका छन् ।

उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गरेका छन । लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहँदै आएका थिए। उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गरेका थिए। स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ ।

‘नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ,’ ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भनेका छन्। । उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हादै आइरहेका छन्।

उनी अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि