‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज सर्लाहीकी चन्दालाई

(असोज ११, काठमाडौँ) । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज चुमेकी छिन ।

३४ जना सहप्रतिस्पर्धी महिलालाई उछिन्दै उपाधि जितेकी गिरी  मिसेस ट्यालेन्ट र बेष्ट र्याम्प वकको उपाधि विजेतासमेत भएकी छिन्।

प्रमुख उपाधि चुमेवापत गिरीले  स्कुटर साथै  सिंगापुरमा हुने अन्तराष्ट्रिय प्रतियोगीता मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन ।

सो प्रतियोगितामा स्मृती श्रेष्ठ फष्ट रनर्सअपका साथ व्युटी विथ परपोज, प्रतिमा शर्मा सेकेन्ड रनर्सअपका साथ मष्ट गर्जीयस तथा जुनु शर्मा थर्ड रनर्सअपका साथ बेष्ट स्माइल  र रुपा सिवाकोटी फोर्थ रनर्सअप भएकी छिन् ।

अश्विनीकान्त झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको चौथो संस्करणको प्रतियोगितामा नम्रता गिरी पब्लिक च्वाईस र फेसबुक च्वाईस, श्रीलक्ष्मी श्रेष्ठ थापा बेस्ट डान्सर, मनिषा पाण्डे बेष्ट पर्सनालिटी सपना प्रधानाङ्घ मष्ट क्रियटीभ, रविना परियार फेशन आईकन, अर्चना रिमाल बेष्ट स्किन प्रमिक्षा पोखरेल बेष्ट हेयर, बिना मगर जोशी मिसेस बब्ली फेस, अनिता बिमली युटुयुव बेष्ट भ्युज, मिसेस फोटोजेनिक  र भ्युवर्स च्वाईस, दीपा थपलिया र दिपिका भर्मा म्यानेजमेन्ट च्वाईस भएका छन्।

पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा मिसेस इन्टरनेशनल सिंगापुरका म्यानेजर विभरली ट्यान र दातो श्री शिव कुमारको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा अभिनेता सुनिल थापा प्रमुख निर्णायक तथा अभिनेता आर्यन सिग्देल,  डा. अनिल मिश्र, अधिवत्ता रविन्द्र लामा र मिसेस नेपाल गल्याम २०१८ एलिजा मर्हजन निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि