(असोज ११, एजेन्सी) । बलिउड सुपरस्टार अमिताभ बच्चन र आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ ।
विजय कृष्ण आचार्यले निर्देशनमा रहेको चलचित्रको ट्रेलर आज यश चोपडाले यस संसार छाडीसके पनि उनको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।
८ नोभेम्बर अर्थात दिपावलीको अवसरमा प्रर्दशन हुन लागेको उक्त चलचित्र फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ ।
२ करोड १० लाख बजेट रहेको ‘ठग्स अफ हिन्दोस्तान’ यशराज ब्यानरको अहिले सम्मकै सबैभन्दा महँगो चलचित्र हो । चलचित्रमा आमिर खान (फिरंगी), अमिताभ बच्चन (खुदाबक्श), फातिमा सना शेख (जफीर), लायड (जोन क्लाइव) र कटरीना कैफ (सुरैया)को भूमिकामा रहेको छ ।
ट्रेलर






