अफगानिस्तानमा उम्मेदवारको गोली हानी हत्या

(असोज १०, एजेन्सी) । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजनालाई गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मङ्गलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले जानकारी दिए ।

गोली लागेपछि उनको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।  अफगानिस्तानमा स्थगित हुँदै आएको यो निर्वाचन अगामी अक्टोबर २० तारिखको लागि तय भएको छ ।

मतदाता नामावलीमा ३० लाख महिलासहित ९० लाख भन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा