मिसेस नेपाल इन्टरनेशनल २०१८ : कलाकर्मी दाहाल सम्मानित

(असोज ९, काठमाडौं) । लामो समय देखि चलचित्रका काम गर्दै आएका चलचित्रकर्मी निर्देशक सुमन दाहाल सम्मानित भएका छन् ।

गत सोमबार राजधानिको सांस्कृतिक संस्थान नाचघरमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१८को फाईनल कार्यक्रममा पुर्व उपप्रधानमन्त्रि टोपबहादुर रायमाझीबाट दाहाल सम्मनित भएका हुन् ।

दुई दशक देखि निरन्तर रुपमा चलचित्र क्षेत्रमा तथा सौन्दर्य प्रतियोगिताहरुमा निर्णायक एवं व्यक्तित्व विकासका कक्षाहरुमा प्रशिक्षकको रुपमा काम गरि नेपाली कलासंस्कृतिहरुलाई टेवा पु¥याएकोमा उनको कामको उच्च मुल्यांकन गर्दै दाहाललाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष निसु झाले बताएका छन् ।

कार्यक्रममा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रमुख अतिथिको रुपमा रहेका थिए भने कार्यक्रमको निर्णायकहरुमा सुनिल थापा (राते काइला) आर्यन सिग्देल रहेका थिए । कार्यक्रममा दाहालसँगै बालकृष्ण पोखरेल र लव बहादुर थापालाई पनि सम्मान गरिएको थियो ।

विगत ४ वर्ष देखि सुरु गरिएको उक्त सौन्दर्य प्रतियोगितामा चन्दा थापा गिरीले यो बर्षको मिसेस नेपाल इन्टरनेशलन २०१८को ताज पहिरन सफल भइन् भने सिंगापुरमा हुने मिसेस सिंगापुर इन्टरनेशलनमा सहभागिताका लागि जान पाउने छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा