चलचित्र बोबीको लन्डनमा प्रिमियर शो सम्पन्न : पहिलो पटक यति धेरै दर्शक

(असोज ८, काठमाडौ) ।  मिलन चाम्स द्धारा निर्देशित फिल्म  ‘बोबि’ चलचित्र बोबीले लन्डनमा पनि प्रिमियर शो सम्पन्न गरेको छ ।

पहिलो पटक लन्डनमा यति धेरै दर्शकको साथ थियो जहाँ सिट नपुगेर दर्शक टिकट काटेर पनि भुईमा बसेर चलचित्र हेरेका छन् । निर्देशक चाम्स अनुसार आइतबार गरिएको पहिलो शोमा नै रियाल जोडीको फिल्म हेर्न १२ सय दर्शक उपस्थित भएको बताएका छन ।

उक्त फिल्ममा धनी र गरिव विचमा भएको खाडलको प्रष्ट रुपमा उजागर भएको छ, जसमा नायीकाले गरिव परिवारमा विवाह गर्दा भोगेका समस्या तथा अन्र्तजातीय विवाहका कारण भईपरि आउने समस्याका वारेमा उल्लेख गरिएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

चलचित्र हेरे पछि लन्डनमा पनि दर्शक रुदै नै हलबाट बाहिरियका छन् । ‘बोबी’को सोमबार अस्ट्रेलियामा शो गरिनेछ भने अक्टोबर १ मा हङकङ शो छ । यस्तै मंगलबार जापानमा यो राखिएको छ ।

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय रहेकोले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि