आर्मीमा जान नपरोस् भन्दै दक्षिण कोरियाली विद्यार्थीको नयाँ जुक्ति

(असोज ६, एजेन्सी) । दक्षिण कोरियाको राजधानी सियोलको एक कलेजमा १२ विद्यार्थीले सैन्य सेवाबाट बच्नका लागि नयाँ जुक्ति निकालेका छन् ।

सबैले दिनमा पाँचदेखि ६ पटक पिज्जा र अन्य जंक फुड खाएर, प्रोटिन सेक पिएर आफ्नो तौल ३० किलोसम्म बढाएका छन् । आर्मीको फिजिकल टेस्टमा यी सबैको अत्यधिक तौल भएको बताउँदै सेनाले उनीहरुलाई सर्भिसमा लिन अस्विकार गर्यो ।

दक्षिण कोरियामा २८ वर्षभन्दा कम उमेरका सबै पुरुषका लागि अनिवार्य रुपमा दुई वर्षको मिलिट्री सर्भिसको नियम छ । सेनामा भर्ती हुनका लागि फिजिकल टेस्ट पास गर्नुपर्छ ।

यी सबै १२ विद्यार्थीले संगीत विषयमा स्नातक गरेका थिए । कडा आर्मी सर्भिसको क्रममा गीत गाउन नपाउने भएकाले उनीहरुले यस्तो तरिका निकालेको बताइएको छ । पछि उनीहरुलाई सिभिल कम्युनिटी सर्भिसमा पठाइयो जहाँ उनीहरुले संगीतलाई आफ्नो पूरा समय दिन पाउँथे ।

सेनाका एक अधिकारीले उनीहरुविरुद्ध मुद्धासमेत चल्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि