फ्राइडे रिलिज अन्तर्गत हलमा ‘इन्टु मिन्टु लन्डनमा’ भर्सेस ‘बाँध मायाले’

(असोज ५, काठमाडौँ) । फ्राइडे रिलिज अन्तर्गत आज हलमा फिल्म  इन्टु मिन्टु लन्डनमा’ र ‘बाँध मायाले’ देशभर एकसाथ प्रदर्शन भएको छ ।

‘इन्टु मिन्टु लन्डनमा’ 

रेनशा बान्तवा राईको निर्देशन रहेको चलचित्रमा  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ  । यसमा उनले नव अभिनेता  धिरज मगरसँग रोमान्स गरेकी छन् ।  प्रज्वलशमशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा जनरामा निर्मित चलचित्रमा साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ । आईकोर फिल्मस्को व्यानरमा बनेको चलचित्रको निर्माता प्रभुशमशेर जबरा र प्रज्वलशमशेर जबरा रहेका छन ।

‘बाँध मायाले’

सविर श्रेष्ठको निर्देशन रहेको फिल्ममा पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ । चलचित्रमा सृष्टिको अलवा आर्यन अधिकारी, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतको अभिनय देख्न सकिन्छ । रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्र बाबु श्रेष्ठले छायाँकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्