नृत्य प्रतियोगित : क्वालिटी स्कूलले चुम्यो उपाधी

(असोज ४, भक्तपुर) । राष्ट्रिय गीतको शिर्षकमा भक्तपुरमा आयोजित नृत्य प्रतियोगिता नगरकोट फेदिस्थित क्वालिटी सेकेण्डरी स्कूल प्रथम भएको छ ।

इप्सन भक्तपुर अन्तर्गतका विद्यालयबीच भएको प्रतियोगितामा क्वालिटी स्कुल प्रथम, मदरल्याण्ड स्कुल दोश्रो र हिमाल एकेडेमीले तृतिय स्थान हात पारेका छन् भने नगरकोटको सनराइज स्कुलले सान्त्वना स्थान हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट श्रृंगार र भेषभूषाको उपाधि ग्लोबल एकेडेमी र उत्कृष्ट नृत्य निर्देशकको उपाधि पारिजात स्कुलले जितेको छ ।

कार्यक्रममा नगरकोटस्थित सनसाईज स्कुलको आयोजनामा सम्पन्न अंग्रेजी हस्तलेखनमा पहिलो दोश्रो र तेश्रो हुनेहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । २७ जना विद्यार्थीबीच भएको सो हस्तलेखन प्रतियोगितामा मदरल्याण्ड स्कुलका अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय, किमेश बस्नेत तृतीय भए । त्यस्तै हिमाल एकेडेमीकी ग्रीष्मा नगरकोटीले सान्त्वना पुरस्कार हात पारिन् ।

कार्यक्रमका बिजयी बिद्यार्थी तथा बिद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाई भक्तपुरका प्रमुख हरि प्रसाद दाहालले पुरस्कार ताथ प्रमाण पत्र बितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटित हुने बताउनु भयो । क्वालिटी स्कूलका प्रिन्सिपल एवं इप्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्काले विद्यार्थीहरुमा राष्ट्रिय भावना विकास एवं देशप्रेम जगाउन राष्ट्रिय गीतमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्