सहरको मेयर बन्यो कुकुर

(असोज ३, एजेन्सी) । अमेरिका क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् ।

 नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ ।

दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र मित्जी हो । उनीहरु दिदीभाई हुन् । मेयर चाहीँ उनीहरुको भतिज । मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ ।

 एनिमल रेस्क्यू फ्रेण्ड नामक संस्थाले निर्वाचन गराएर मेयर र उपमेयरहरुको छनोट गरेको हो । यद्यपि, यी मेयर तथा उपमेयरले कानूनी मान्यता भने पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र