फिलिपिन्समा शक्तिशाली आँधी : १४ जनाको मृत्यु, ५० लाख मानिस प्रभावित

(भदौ ३१, एजेन्सी) । फिलिपिन्समा म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने ५० लाख मानिस प्रभावित भएका छन् ।

फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण ४२ स्थानमा भूक्षय गएको छ । विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ । लाखौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् ।

आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा