(भदौ ३०, काठमाडौं) । सिजन मिडियाकोआयोजनामा सम्पन्न भएको कार्यक्रममा मिस टिन कलेजमा आश्मा र कलेज ह्यान्डसममा शिव बनेका छन ।
विहिवार काठमाडौंको नाचघर जमलको प्रेक्षलयमा मिस टिन कलेजको छैटौं संकरण र कलेज ह्यान्डसम नेपालको पहिलो संस्करणको सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा मिस टिन कलेज–२०१८ को उपाधि नर्भिक इन्च्युट अफ नसिङ कलेजमा स्टाफ नर्स अध्ययनरत १८ वर्षीय आश्मा अधिकारीले जितेकी छिन् भने कलेज ह्यान्डसम नेपाल २०१८ को उपाधि तनहुका २४ वर्षीय शिव आले विकेले जितेका छन ।
यस्तै मिस टिनको फस्ट रनरअप ग्लोवल इन्टरनेशनल कलेजकी श्रृषा अर्याल ह्यान्डसम नेपालको तर्फवाट फष्ट रनरअप सुर्दशन श्रेष्ठ, सेकेन्ड रनरअप सरिष्मा ठकुरी र निवोस राज वन्तले पनि विटेक मोवाइल न्यूरोडको तर्फवाट स्माट फोन उपहार संगै विभिन्न उहारहरु पनि जित्न सपल भए । थर्ड रनरअप सचिना थापा , अनमोल प्रधान र फोर्थ रनरअप कविता सुनार र अमिस वुद्धचार्य घोषित भएका छन् ।
प्रतियोगितामा अर्गनाईजर च्वाईस अवार्ड सुम्निमा राई र नवराज घिमिरे , बेस्ट स्माईल पुञ्जमायाँ बोमजन र रवि तामाङले, फिटनेश अवार्ड अस्मिता उपाध्याय र अनमोल प्रधानले , पर्सनालिटी अवार्ड सृष्टी गौतम र अमिस वुद्धचायैले , वेष्ट ट्यालेन्ट कविता सुनार र आर्दश भट्टराइले र डिसिप्लेनको उपाधि स्नेहा राई र सुवोल रानाभाटले प्राप्त गरे ।






