‘एलजी सिनेमा सर्कल अवार्ड २०७५’का लागि बलिउड अभिनेता गोविन्दा काठमाडौँमा

(भदौ ३०, काठमाण्डौ)। बलिउड अभिनेता गोविन्दा एलजी सिनेमा सर्कल अवार्ड २०७५ वितरण समारोहका लागि नेपाल आएका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गोविन्दाले आफू नेपाली फिल्ममा अभिनय गर्न इच्छुक रहेको बताएका छन् ।

 १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका छन  । अहिले मृगौलाको उपचार गरिरहेका किशोरलाई  अवार्ड दिन उनकै पुरानो मित्र गोविन्दा नेपाल आएका छन् ।

आइतबार राजधानीमा हुन लागेको ‘एलजी सिनेमा सर्कल अवार्ड’ को विशेष पाहुनाका रूपमा गोविन्दा आएका हुन् । उनैले किशोरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिनेछन् ।

 मनोनयन

एलजी सिने सर्कल अवार्डको विधागत उत्कृष्टको नाम पनि आइतबार सार्वजनिक गरिएको छ । जसमा उत्कृष्ट फिल्मतर्फ सात फिल्महरू ‘छक्का पञ्जा २’, ‘पञ्चायत’, ‘शत्रुगते’, ‘लिलिबिली’, ‘भुइँमान्छे’, ‘मंगलम’ र ‘तिमीसँग’ प्रतिस्पर्धामा रहेका छन् । उत्कृष्ट निर्देशकतर्फ पनि यिनै फिल्मबाट क्रमशस् दीपाश्री निरौला, शिवम् अधिकारी, प्रदीप भट्टराई, मिलन चाम्स, नवराज बुढाथोकी, नवल नेपाल र शिशिर राणा परेका छन् ।

फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको उक्त अवार्डमा अभिनेतातर्फ दयाहाङ राई, अनमोल केसी, प्रदीप खडका, पुष्प खडका, सरोज खनाल, राज कटुवाल र नाजिर हुसेनबीच प्रतिस्पर्धा चल्दा अभिनेत्री विधातर्फ साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बेनिशा हमाल, शिल्पा पोखरेल र प्रियंका कार्कीमध्ये एकले अवार्ड थाप्नेछन् । अवार्डमा उत्कृष्ट अनस्क्रिन जोडी, चर्चित अभिनेता, अभिनेत्रीदेखि उत्कृष्ट स्टन्ट, भीएफएक्स, ट्रेलर, पोस्टरजस्ता विधासहित २२ विधामा अवार्ड दिइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्