आईफोनमा पनि डबल सिमकार्ड

(भदौ ३०, काठमाडौं) । एप्पलले  पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ ।

 सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्‍यो ।

एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ भने तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ ।आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ ।

१२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । यो फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ । यो फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध छ । दुईवटा सिम सपोर्ट, थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टेरियो साउन्ड, फेस आइडी मार्फत फोन अनलक सुविधा यसका थप विशेषता हुन् ।

बजार मूल्य १०९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर मूल्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी