(भदौ २९, काठमाडौँ) । सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ को रोमान्टिक गीत ‘सँग-सँगै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा नव-नायक किशोर खड्का र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
बाबु श्रेष्ठ छायांकन रहेको फिल्ममा सृष्टि र किशोरसँगै आर्यन अधिकारी, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।






