शेयर बजार : साताकै उच्च, दोहोरो अङ्कले वृद्धि

(भदौ २७, काठमाडौं) । धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि हुँदै दोहोरो अंकले बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ । बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धिसँगै अर्को उचाइमा पुगेको हो ।

कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ । स्टकका अनुसार निर्जीवन बीमा ११३.५२, विकास बैंक १४.८४, बैंकिङ १३.९८, जलविद्युत् ४.८१, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् ।

कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ । ग्लोबल आइएमई बैंकको रु तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि