ओमले हात पार्यो तीज नृत्य प्रतियोगिताको उपाधी

(भदौ २४, भक्तपुर) रमेश गिरी । हिन्दू महिलाहरुाके महान पर्व तीज नजिकिदै गर्दा आदर्श जनप्रेमी अग्रेजी माध्यामिक विद्यालय कौशल्टारले आयोजना गरेको भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०७५ उपाधी लोकन्थलीस्थित ओम ज्ञान मन्दिरले हात पारेको छ ।

विद्यालयको २९ औ वार्षिकोत्सव एवं तीजको अवसरमा आयोजना गरेको प्रतियोगितामा कौशल्टार इंगलिस स्कूल दोश्रो र वेदिक एकेडेमी तेश्रो भएको छ भने ह्यापी नेष्ट स्कुल र आदर्श ज्योति स्कुल पाण्डुबजारले सान्त्वना पुरस्कार हात पारेको छ ।

प्रतियोगितामा ओम ज्ञान मन्दिरका नृत्य निर्देशक विजय अधिकारी उत्कृष्ठ नृत्य निर्देशक र कौशल्टार इंगलिस स्कूलले उत्कृष्ठ भेषभूषाको उपाधी हात पारेको छ । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले उत्कृष्ठ विद्यालयलाई ट्रफी, प्रमाणपत्र एवं पुरस्कार प्रदान गर्नुभयो ।

सहभागि १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कक्षा ३ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । नृत्य प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक, मानसिक, शारीरिक, शैक्षिक विकासमा टेवा दिन प्रतियोगिता आयोजना गरेको विद्यालयका प्राचार्य निलेश आचार्यले जानकारी दिनुभयो । उहाँले तीजको साँस्कृतिक र व्याबहारिक ज्ञान दिन यसप्रकारको कार्यक्रमले टेवा दिने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान

काठमाडौँ, ११ असार । विद्यालय तहको पाठ्यक्रम पुनरवलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष

वीरगञ्ज, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व

काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा