बलिउड स्टार सलमानलाई अदालतमा पर्‍यो मुद्दा

(भदौ २३, काठमाडौं) । बलिउड स्टार सलमान खानलाई आफ्ना ज्वाईं नायक बनाएर निर्माण गरिरहेको फिल्म ‘लवरात्री’ कानूनी झमेलामा फसेको छ ।

उक्त फिल्मको ‘टाइटल’ मा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिलले बिहारको अदालतमा मुद्दा दायर गरेका छन् । हिन्दूहरुले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाइएको भन्दै मुद्दा दिइएको हो । फिल्मलाई आउँदो नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने तयारीले पनि निर्माताको खराब नियत प्रष्ट हुने निवेदकले बताएका छन् ।

आयुष (उनकी बहिनी बनाएकी) अर्पिताका श्रीमान हुन् । सलमानले आफूलाई हिरो बनाउने शर्तमा नै आयूषले उनकी बहिनीसित बिहे गरेका थिए ।

 मुद्दामा अदालतले आउँदो १२ सेप्टेम्बरमा फैसला सुनाउने छ । यसअघि फिल्मको ट्रेलर रिलिज लगत्तै पनि विवाद उत्पन्न भएको थियो । आगरामा रहेको हिन्दूवादी संगठन ‘हिन्दू हि आगे’ ले फिल्मको विरोध गर्दै पोष्टर जलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू