(भदौ २२, काठमाडौं) । फ्राइडे रिलिज अन्तर्गत आज ‘रोज’ र ‘रामकहानी’ प्रदर्शनमा आएका छन् ।
’रोज’
प्रदीप खड्का स्टारर फिल्म ’रोज’ आज देशभरको हलमा प्रदर्शनभैरहेको छ । नीरक पौडेल निर्देशित चलचित्र ’रोज’ लभस्टोरी सँगै क्राइम थ्रीलर चलचित्र हो । ’रोज’ मा प्रदीप खड्का, परमिता आरएल राणा र मिरुना मगरलगायतका कलाकार हरुले अभिनय गरेका छन् ।
‘रामकहानी’
अभिनेत्री पूजा शर्माको फिक्म रामकहानी’ आजबाट प्रदर्शनमा आएको छ । ’रामकहानी’ लभस्टोरी तथा कमेडी जनराको चलचित्र हो । यसमा पूजा शर्मा र आकाश श्रेष्ठले जोडीका रुपमा रोमान्स गरेका छन् । चलचित्रमा हाँस्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको समेत अभिनय हेर्न सकिन्छ ।
पूजा र प्रदीपले एक अर्कालाई प्रतिस्थनपनको भावनाले दुई चलचित्रको भिडन्त भएको धेरैको बुझाइ छ । मल्टिप्लेक्सलाई आधार मान्ने हो भने ‘रामकहानी’ भन्दा ’रोज’नै अगाडि रहेको बुझिएको छ । यता ‘सिंगल स्कृन’ भने दुवैले बराबरी पाएका छन् ।
एकसाथ बक्स अफिसमा भिडन्त सुरु गरेका दुवै चलचित्र यस वर्षका प्रतिक्षीत चलचित्र हुन् ।






