शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘रामकहानी’ गोपिकृष्णमा नलाग्ने

(भदौ २१, काठमाडौँ) । भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’ गोपिकृष्णमा मुभिजमा नलाग्ने  भएको छ ।

बिहीवार दिउँसोसम्म ३ हजार बढी दर्शक क्षमता रहेको गोपीको दुई पर्दा गोपी र कृष्णमध्ये एक हल ‘रामकहानी’ लाई दिने सहमती भएको थियो । तर, भित्तामा फिल्मको ब्यानर टाँगिएपछि २ सय सिट क्षमताको नमः दिने भएपछि फिल्म नलगाउने निर्णयमा निर्माण टिम पुगेको हो ।

गोपिकृष्णले फोहोरी खेल खेलेको ‘रामकहानी’ चलचित्रका काठमाण्डौ वितरक सुनिल मानन्धरले बताएका छन् । गोपीकृष्णले ‘रामकहानी’ लाई ठूलो हल नदिनुको पछाडि आफ्नै ब्यानरको फिल्म ‘रोज’ हो । दुबै फिल्म शुक्रवार प्रदर्शनमा आउँदैछन् । गोपीकृष्णले आफ्नो फिल्मलाई काखा र अरु फिल्मलाई पाखा गरेको यो पहिलो पटक भने पक्कै होइन् ।

चलचित्र ‘रामकहानी’का निर्देशक तथा निर्माता सुदर्शन थापाले भने–‘अन्तिम समयमा गोपिकृष्ण मुभिजले फोहोरी खेल खेलेको छ । यसैले, हामीले उक्त हलमा चलचित्र नलगाउने निर्णय गरेका हौ । दर्शकलाई अन्य आफूलाई पायक पर्ने हलमा गएर चलचित्र हेर्न आग्रह गर्दछु ।’

‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठका अलावा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू