करोडौँ पर्ने खाजाको डिब्बा चोरी भो

(भदौ २१, एजेन्सी) । भारतको हैदरावादमा  सुनको लञ्चबाकस चोरी भएको छ  ।  सुनबाटबनेको  डिब्बामा बहुमूल्य हिरा तथा मोतिपनि जडित थिए ।

उक्त खाजाको डिब्बाका अलावा हैदरावादका अन्तिम सासक मिर उस्मान अली खानको निलम जडित सुनेको चियाकप, रिकापी तथा चम्चा पनि चोरी भएको छ । जम्माजम्मी तिन किलो वजनका सामान चोरी भएका छन् । जसको मूल्य झण्डै ५० करोड भारु पर्ने बताइएको छ ।

निजाम संग्राहलयबाट चोरी भएका डिब्बा सोमबार मात्र पुलिसले  जानकारी पायो । चोरहरुले संग्राहलयको सिसीटिभी क्यामरा बिगारेर चोरी गरेका छन् ।

निजाम संग्राहलय सन् २००० मा सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । अन्तिम बादशाह मीर उस्मान अली खानको सन् १९६७ मा मृत्यु भएको थियो । सन् १९६७ मा अली खानले प्राप्त गरेका विभिन्न बहुमूल्य उपहार पनि त्यहाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र