(भदौ २१, एजेन्सी)। बलिउड सुपर स्टार शाहिद कपुर दोश्रो पटक पिता बनेका छन् ।
मिरा राजपुतले बुधबार मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । मिराले यसअघि सन् २०१६ अगस्ट २६ तारिखमा छोरी मिशालाई जन्म दिएकी थिइन् ।
प्रिती जिन्टाले ट्वीटरमार्फत मिरा र शाहिदलाई बधाई दिएकी छिन् ।





