जापानमा ६.६ रेक्टरस्केलको भूकम्प : एकको मृत्यु, दर्जनौं घाइते

(भदौ २१, एजेन्सी) । जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि एक जनाको मृत्यु भएको छ भने करिव एक दर्जन मानिसहरु घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्प जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भुकम्पका कारण एक वृद्धको ज्यान गएको छ । १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् ।

भत्किएका घरमा केही व्यक्ति फसेका प्रहरीले अनुमान गरेको छ । उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् ।

भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा