साफ च्याम्पियनसिप : पाकिस्तानसग नेपालको प्रतिस्पर्धा सुरु

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण बङ्गलादेशको ढाकामा आज खेल दिउँसो ३ः४५ बजे शुरु हुने खेलमा पाकिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दैछ ।

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो । उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणमा नेपाल २–० गोलले विजयी भएको थियो ।

आज शुरु भई यही भदौ ३० गतेसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र