लिबियामा द्वन्द्व : जेलबाट ४०० जना बन्दी फरार

(भदौ १९, एजेन्सी) । लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारामा सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त हुँदा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् ।

आइतबार सुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन् । भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् । बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डहरूलाई हटाएर भागेका हुन् । उनीहरूको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरूले जनाएका छन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ ।

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२३ जना घाइते भएका छन् । ती मध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा