युद्धको चपेटामा लिबिया : संकटकाल घोषणा

(भदौ १८, एजेन्सी) । सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको युद्धको चपेटामा परेसँगै लिबियाको राजधानी त्रिपोलीमा संकटकाल घोषणा गरिएको छ ।

विद्रोहीसँगको युद्धका कारण संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच आइतबार राजधानी त्रिपोलीको एक शहरी क्षेत्रमा भएको रकेट हमलामा दुई जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्ति घाइते भएका छन् भने हजारौं व्यक्तिहरु बिस्थापित भएका छन् ।

त्यस्तै त्रिपोलीमा जारी हिंसाका कारण कम्तिमा ३९ जनाको मृत्यु भइसकेको छ । मारिनेमा सर्वसाधारण नागरिक पनि छन् भने लिवियाकोे देशका अधिकांश हिस्सामा विद्रोहीको नियन्त्रण छ ।

सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोगाउन भागेका थिए । आइन जारा जेलमा राखिएका धेरैजसो कैदी लिबियाका पूर्व नेता मोअमर गद्दाफीका समर्थक थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा