(भदौ १६, काठमाडौँ) । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने ‘एलजी सिने सर्कल अवार्ड २०७५’ २२ विधामा बाँडिने भएको छ ।
भाद्र ३१ गते हुने ‘एलजी सिने अवार्ड’ राष्ट्रिय सभागृहमा हुने भएको छ । यस वर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड, ‘राँको’, ‘करोडपति’, ‘सिमारेखा’, ‘घामछायाँ’, ‘एक नम्वरको पाखे’, ‘कर्जा’ ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली फिल्म निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित सम्मान गरिने सिनेमा सर्कल नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

‘एलजी सिने सर्कल अवार्ड’ २०७५ का २२ विधाहरु स्
१. बर्षको उत्कृष्ट चलचित्र
२. बर्षको उत्कृष्ट निर्देशक
३. बर्षको उत्कृष्ट नायक
४. बर्षको उत्कृष्ट नायिका
६. बर्षको उत्कृष्ट संगीतकार
७. बर्षको उत्कृष्ट अनस्कृन जोडी
८. बर्षको उत्कृष्ट कोरियोग्राफर
९. बर्षको उत्कृष्ट एक्सन निर्देशक
१०.बर्षको उत्कृष्ट पाश्र्व गायिका
११. बर्षको उत्कृष्ट पाश्र्व गायक
१२. बर्षको उत्कृष्ट पटकथा
१३. बर्षको उत्कृष्ट पाश्र्व संगीत
१४. बर्षको उत्कृष्ट सम्पादक
१५. बर्षको सर्वाधिक चर्चित अभिनेत्री
१६. बर्षको सर्वाधिक चर्चित अभिनेता
१७. बर्षको उत्कृष्ट कमेन्डेबल मुभि
१८. बर्षको उत्कृष्ट भीएफएक्स
१९. बर्षको उत्कृष्ट स्टन्ट
२०. बर्षको सर्वाधिक चर्चित गीत
२१. बर्षको उत्कृष्ट ट्रेलर
२२. बर्षको उत्कृष्ट पोष्टर






