वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने

(भदौ १५, काठमाडौं) । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आफ्नो स्वीकृति लिएर मात्रै वार्षिक वित्तीय विवरण प्रकाशन गर्न निर्देशन दिएको छ ।

भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमति लिएका संस्थाहरुलाई चालु आर्थिक वर्षदेखि लागू हुने गरी यस्तो निर्देशन दिइएको हो । मापदण्ड पूरा गरेर पेश गर्नुपर्ने र स्वीकृति प्रदान भएपछि मात्रै वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) संघरसंस्थाहरुले सञ्चालक समितिबाट वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गरी सोको जानकारी समेत अनिवार्य रुपमा आफूलाई दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यसैगरी आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त लेखापरीक्षण सञ्चालक समितिबाट निर्णय गरी १ महिनाभित्र राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि