एनआइसी एशियाको ऋणपत्र जारी : ११ प्रतिशत ब्याजदरमा

(भदौ १२, काठमाडौं)। एनआइसी एसिया बैंकले सात बर्षे अवधिको १ अर्ब ८३ करोड बराबरको ११ प्रतिशत ब्याजदर ऋणपत्र जारी गर्ने भएको छ ।

सो ऋणपत्रको निष्काशन भदौ २१ गतेदेखि हुनेछ । भदौ २५ गतेसम्म आवेदन खुला रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असोज १९ गतेसम्मका लागि बिक्रि खुला गरिने एनआइसी एसियाले जनाएको छ ।

एनआइसी एसिया डिबेन्चर २०८२÷०८३ नाम दिइएको यस ऋणपत्र प्रतिकित्ता  १००० रुपैयाँ अंकित मूल्य हो । यसको लागि आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिंङ नक्साल र एनआइसी एसियाको कार्यालय र शाखा कार्यालयमा भर्न र बुझाउन सकिनेछ ।

बैंकको पुँजीकोष बृद्धिको लागि ऋणपत्र जारी गर्न लागेको बैंकद्धारा प्रकाशित आव्हानपत्रमा भनिएको छ ।  यस ऋणपत्रबाट प्राप्त रकम कर्जा सापटमा ८० प्रतिशत, लगानीमा १० प्रतिशत, शाखा विस्तारमा ५ प्रतिशत र अन्यमा ५ प्रतिशत प्रयोग गर्ने बैंकको आह्वानपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि