नाभाल्नीलाई जेल सजाय : राष्ट्रपति पुटिनलाई आलोचना गरेको आरोप

(भदौ १२, एजेन्सी) । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।

यसै वर्षको शुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले उनलाई ३० दिनको जेल सजाय तोकेको हो । विपक्षी दलका नेतासमेत रहेका नाभाल्नीलाई अदालतले सोमबार जेल सजायको फैसला सुनाएको हो ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटकपटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताएका छन् । जेल सजाय सुनाइएका नाभाल्नीलाई उनको मस्कोस्थित निवासबाट नियन्त्रणमा लिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा