संयुक्त राष्ट्रसङ्घले रोहिंज्या मुसलमान विरुद्ध भएको हिंसालाई कडा रूपमा निन्दा

(भदौ १२, विविसी) । म्यानमारको रखाइन प्रान्तमा भएको आमनरसंहार र अन्य क्षेत्रमा भएका मानवता विरोधी अपराधहरूमा उच्चपदस्थ सैन्य अधिकारीहरूमाथि छानबिन गरिनुपर्ने संयुक्त राष्ट्रसङ्घले रोहिंज्या मुसलमान विरुद्ध भएको हिंसालाई कडा रूपमा निन्दा गरेको छ ।

सेनाको रणनीति ‘वास्तविक सुरक्षा खतरासँग असङ्गत’ भएको बताउँदै सेनाले लगातार भेदभावपूर्ण रणनीति अपनाएको सो प्रतिवेदनमा उल्लेख छ । सेना प्रमुखसहित ६ वरिष्ठ सैन्य अधिकारीको नाम किटेरै उनीहरूविरुद्ध अभियोग लगाइनुपर्ने सुझाव दिइएको सो प्रतिवेदनको म्यानमारले खण्डन गरेको छ।

रिपोर्टमा म्यान्मारकी नेता आंग साङ सु चीको पनि कडा आलोचना गर्दै उनी देशमा जारी हिंसा रोक्न असफल भएको आरोप लगाइएको छ । उक्त रिपोर्टमा यो मामलालाई इन्टरनेशनल क्रिमिनल कोर्ट (आइसीसी) पठाउने सल्लाह पनि दिइएको छ । रिपोर्टको एउटा लाइनमा लेखिएको छ, ‘सेनाद्वारा कहिले मानिसहरुको विभत्स हत्या, महिलामाथि सामूहिक बलात्कार, बच्चामाथि उत्पीडन र पूरा गाउँलाई जलाएको घटनालाई न्यायसंगत बताउन सकिन्नँ ।

संयुक्त राष्ट्रसङ्घमा म्यानमारका राजदूतले सो प्रतिवेदन एकतर्फी रहेको र म्यानमारलाई दबाव दिन तयार पारिएको दाबी गरेका छन् । त्यस्तै रोहिंज्या मुसलमान र देशका अन्य जातीय अल्पसङ्ख्यक समुदायमाथि युद्ध तथा मानवताविरोधी अपराध गरेको आरोप म्यानमारका सैन्य अधिकारीहरूमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा