राईले अबुदावीमा प्रचण्ड गर्मीलाई विर्साए : दर्शक नै लथ्रुक्क (फोटोफिचर)

(भदौ ९, काठमाडौं) । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाललाई चिनाउन सफल भएका चर्चित गायक ‘राइजकिङ’ राजेश पायल राईले दुवईको अबुदावीमा प्रचण्ड गर्मीलाई विर्साउँदै दर्शकलाई पानी तथा पसिनाले लुथ्रुक्क भिजाई दर्शकको माया तथा हैसला पाएका छन् ।

हिजो खोटाङ सेवा समाज युएइले आयोजना गरेको अवुदावीको Sthit Musaffa Hall मा आफ्नो धमकेदार प्रस्तुति दिए । अवुदावीको प्रचण्ड गर्मीलाई आफु नाच्दै अरुलाई पनि नचाउँदै तातो माथि तातो थपे । आफ्नो प्रस्तुती दिदा निथ्रुक्क भिजेका राई स्टेजवाट नै दर्शकलाई पानी छ्याप्दै आफुलाई पनि पानी खन्याउँदै नाचे र नचाए ।

अथाह दर्शक भरेर थाम्न नसकी चार/पाँच सय दर्शक फर्किदा आफुलाई दुःख लागेको आयोजकका अध्यक्ष हिमाल गुरुङले वताए । उनले थपे दर्शक फर्काउन मन थिएन तर हल भित्र मान्छे अट्ने सिट नै भएन, वाध्यतामा परियो ।

सो कार्यक्रममा राई आफ्नो आउन लागेको एल्वम दर्शन नमस्ते चारको गितवाट शुरु गरेका थिए भने २०/२५ वटा गित ननस्टप प्रस्तुत गरे । उक्त कार्यक्रममा गायक जिविहा राई, कृष्मा ढकाल, वर्षा थिङ लगायत स्थानिय कलकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित