अमिताभद्वारा बाढी पीडितलाई सहयोग

(भदौ ८, एजेंसी) । बलिउड अभिनेता अमिताभ बच्चनले बाढीपिडितलाई सहयोग गरेका छन ।

 भारतको केरलामा आएको बाढिबाट घरबार विहीन भएकाहरुका लागि उनले आफ्ना पुराना लुगा दान गरेका हुन् ।

अमिताभले केही दिनअघि ६ वटा बाकसमा आफ्ना पुराना लुगा भरेर मुख्यमन्त्री राहत कोषमा पठाएका थिए । ती बाकसमा ८० वटा ज्याकेट, २५ वटा पाइन्ट र ४० जोडी जुत्ता रहेका छन् ।

अमिताभले बाढी पीडितका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । यसैगरी अभिनेत्री अनुष्का शर्मा विराट कोहलीले भने बाढीमा परेकाहरुलाई  औषधि र खाना पुर्‍याएको  छन् ।

केरलामा १०० वर्ष यताकै भीषण बाढी आएको छ । बाढीले सयौंको ज्यान लिएको छ भने हजारौं बेघरबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि