स्कट मोरिसन चुनिए अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री

 (भदौ ८, एजेन्सी) । अष्ट्रेलियाको लिबरल पार्टीले स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको छ ।

अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् ।

पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

सन् २०१५ मा प्रधानमन्त्री भएका टर्नबुललाई लिबरल पार्टीका बहुमत सांसदहरुले नयाँ प्रधानमन्त्री छान्नुपर्ने आवेदन दिएपछि टर्नबुल हटेका हुन् ।

शुक्रबार टर्नबुलले एक पत्रकार सम्मेलनमा भने, ‘पार्टी भित्रका केही मानिस र मिडियाका केही शक्तिशाली आवाजहरुले सरकार ढाल्न होइन, मलाई प्रधानमन्त्रीबाट हटाउन मात्रै योजनाबद्ध रुपमा ममाथि विद्रोह गरे ।’

‘यो असामान्य छ । यसलाई धेरैले पागलपनको संज्ञा दिएका छन् र मलाई लाग्छ यसलाई अर्को रुपमा वर्णन गर्न गाह्रो हुन्छ,’ टर्नबुलले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि