श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा नेपालकाे जित

(भदौ ६, काठमाडौँ) । एशिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ ।

नेपालले श्रीलंकाको आर्मी टिमलाई ६७ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर चार बलमा एक सय ९४ रनमा अलआउट भयो । ३० रन हुँदा दुई विकेट गुमाएको नेपालका लागि आरिफ शेखले अविजित ८९ रन बनाए । यस्तै आजको खेलका कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले १२ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने दिपेन्द्र ऐरीले दुई र ललित भण्डारी तथा ललित राजवंशीले एक एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा