(भदौ ६, काठमाडौँ) । बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वरमा रहेको फिल्म ‘कथा काठमाण्डु’ को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
काठमाण्डौको समस्यालाई उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत रहेको छ ।
संगीता श्रेष्ठको लेखन तथा निर्देशन गरेकी फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारी लगायतका अभिनय रहेको छ । लुजा सिंहले छायांकन गरेको चलचित्रमा भरत रेग्मीको सम्पादन रहेको छ
विज्ञान राइको लगानी फिल्म असोज १२ गतेबाट रिलिज हुने भएको छ ।
भिडियो






