रियाल, रिंगिट दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

 (भदौ ६, काठमाडौं) ।  रियाल, दिर्हाम, मलेसियन रिंगिट लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रिदर २९ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ३८ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ । उहाँ

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा

काठमाडौँ, २० असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ ।  यातायात