डकनक प्रालिद्वारा एपमार्फत डाक्टर र औषधी घरमै

 (भदौ ३, काठमाडौं) । डकनक प्रालिद्वारा ‘डाक्टर अन डिमाण्ड मोवाइल एप  सावर्जनिक भएको छ ।

उक्त  मोवाइल एपले स्वास्थ्य समस्या पर्दा डाक्टरलाई घरमै बोलाउनेदेखि औषधी र एम्बुलेन्ससमेत  मगाउन मिल्ने सक्नेछन् ।

डकनक प्रालिका निर्देशक डा. सुशील सिग्देल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य भनेकै विरामी र डाक्टर बीचको दुरीलाई कम गरी विरामीलाई स्तरीय सेवा प्रदान गर्नु हो । यसका लागि हामीले घरमै बसेर डाक्टरलाई बोलाउन सक्ने मोबाइल एपको विकास गरेका छौं ।’

काठमाडौं उपत्यकामा मात्र केन्द्रित गरिएको एप गुगल प्लेस्टोबाट निशुल्क डाउनलोड गर्न सकिनेछ । एपका प्रयोगकर्ताले ३० देखि ६० मिनेटभित्रमै विशेषज्ञ चिकित्सकीय सेवा लिन सक्नेछन् । त्यस्तै, आफूले चाहेको डाक्टरसित समय लिन र आकस्मिक सेवाका लागि घर नजिकै रहेको एम्बुलेन्स बोलाउन पनि सक्नेछन् ।

डाक्टरले दिएको प्रेस्क्रिप्सनको फोटो खिचेर वा अक्षर टाइप गरेर सिस्टममा अपलोड गरेपछि मगाएको औषधी घरमै पुग्याउने व्यवस्था डकनकले गरेको छ । यस्तै, प्रयोगशाला परीक्षणका लागि घरमै बसेर आफूलाई चाहिने जाँच सेवा अर्डर गरेपछि डकनकका कर्मचारीहरु नमूना संकलनका लागि विरामीको घरमै पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार