डकनक प्रालिद्वारा एपमार्फत डाक्टर र औषधी घरमै

 (भदौ ३, काठमाडौं) । डकनक प्रालिद्वारा ‘डाक्टर अन डिमाण्ड मोवाइल एप  सावर्जनिक भएको छ ।

उक्त  मोवाइल एपले स्वास्थ्य समस्या पर्दा डाक्टरलाई घरमै बोलाउनेदेखि औषधी र एम्बुलेन्ससमेत  मगाउन मिल्ने सक्नेछन् ।

डकनक प्रालिका निर्देशक डा. सुशील सिग्देल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य भनेकै विरामी र डाक्टर बीचको दुरीलाई कम गरी विरामीलाई स्तरीय सेवा प्रदान गर्नु हो । यसका लागि हामीले घरमै बसेर डाक्टरलाई बोलाउन सक्ने मोबाइल एपको विकास गरेका छौं ।’

काठमाडौं उपत्यकामा मात्र केन्द्रित गरिएको एप गुगल प्लेस्टोबाट निशुल्क डाउनलोड गर्न सकिनेछ । एपका प्रयोगकर्ताले ३० देखि ६० मिनेटभित्रमै विशेषज्ञ चिकित्सकीय सेवा लिन सक्नेछन् । त्यस्तै, आफूले चाहेको डाक्टरसित समय लिन र आकस्मिक सेवाका लागि घर नजिकै रहेको एम्बुलेन्स बोलाउन पनि सक्नेछन् ।

डाक्टरले दिएको प्रेस्क्रिप्सनको फोटो खिचेर वा अक्षर टाइप गरेर सिस्टममा अपलोड गरेपछि मगाएको औषधी घरमै पुग्याउने व्यवस्था डकनकले गरेको छ । यस्तै, प्रयोगशाला परीक्षणका लागि घरमै बसेर आफूलाई चाहिने जाँच सेवा अर्डर गरेपछि डकनकका कर्मचारीहरु नमूना संकलनका लागि विरामीको घरमै पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान