युएनका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन

(भदौ २, एजेन्सी) । संयुक्त राष्ट्र संघ (युएन)का पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

स्विजरल्याण्डको राजधानी बेरनमा शनिबार अन्नानको मृत्यु भएको कोफी अन्नान फाउण्डेशनले ट्विटरबाट जानकारी दिइको छ ।

विश्व उत्कृष्ट कूटनीतिज्ञकार रुपमा चिरपरिचित भएका उनी अफ्रिकी मुलुक घानामा सन् १९३८ मा जन्मिएका थिए । अन्नानले सन् १९९७ मा सयुक्त राष्ट्र संघको सातौँ महासचिवको रूपमा सेवा आरम्भ गरेका थिए ।

१० वर्षसम्म युएनको प्रमुख रहेका उनलाई युएनमा रहेर मानवअधिकारका क्षेत्रमा कार्यगरे बापत सन् २००१ मा उनलाई नोवेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

काठमाडौँ, १५ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ हजार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको

काठमाडौँ, १५ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ