MRI गर्नु अघि ध्यान दिनु पर्ने कुरा हेनुहोस्

(भदौ १, काठमाडौँ)। हामीले कुनै पनि चेक जाच गर्नु अघि  के गर्ने के नगर्ने भन्ने कुरामा ध्यान दिनु पर्दछ यहाँ MRI गर्नु अघि ध्यान दिनु पर्ने कुराहरु हेरौ :

  • यदि MRI गर्न जादै हुनुहुन्छ भने गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन।
  • दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न अघिनै जानकारी दिनुपर्छ।
  • यदि MRI गर्न जादै हुनुहुन्छ भने  बिरामी तथा गर्भवती हो भने सुरुमा नै जानकारी दिनुपर्छ।
  • बिरामीलाई असजिलो  अथवा नचली बस्न नसकेको अवस्थामा  बिरामीलाई जाँचको समय बेहोस बनाउन सकिन्छ।
  • बिरामीको शरीरमा यदि ट्याटुहरु भएमा  जाँच गर्न अघि नै डाक्टरलाई जानकारी गराउने ।
  • MRI मेसिनको चुम्बकको शक्ति बढि भएको कारणले कार्डियाक पेसमेकर, डिफिब्रिलेटर, कान प्रत्यारोपण, कृतिम हृदय भल्भ राखिएको    बिरामीको स्क्यान गर्न सकिँदैन यदि स्क्यान गरियो भने गम्भीर समस्याहरु पैदा हुन जान्छ। त्यसैले पहिलानै जाकारी गराउन आवश्यक हुन्छ।
  • औषधि दिएर एमआरआइ गर्नु परेमा बिरामीलाई ४ घण्टाको खाली पेट चाहिन्छ साथै युरेयी र क्रियाटिनाइनको  रगतको  रिपोर्ट पनि लिएर जानुपर्ने हुन्छ।
  • एमआरआइ गर्न जादा  पुरानो रिपोर्ट भए  एक्सरे, युएसजी, सिटी स्क्यान, तथा डिस्चार्ज कार्ड छ भने उक्त रिपोर्टहरु पनि लिएर जानुपर्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका