‘बाँध मायाले’को शीर्ष गीत रिलीज, आर्यन र सृष्टिको बोल्ड अवतार

 (साउन ३१, काठमाडौं) । सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले को  शीर्ष गीत सार्वजनिक भएको  छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । अहिलेका चर्चित र व्यस्त कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

बाबु श्रेष्ठले  छायांकन गरेको म्युजिक भिडियोमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ को अभिनय रहेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् । फिल्मका छायाँकार बाबु श्रेष्ठ हुन् ।

असोज ५ गतेदेखि देशभर प्रदर्शन हुने फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगलगायतका अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित