सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनकाे टिम पराजित

(साउन ३१, काठमाडौँ) । बिहिबार बिहान भएको खेलमा सन्दीपको टिम प्याट्रियट्स जमैका तल्वाहाससँग ४७ रनले पराजित भयो ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए तर  उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले भने क्यारेबियन प्रिमियर लिगमा दोस्रो हार भोगेको छ ।

 टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७८ रन जोडेको थियो । जमैकाका लागि रोस टेलरले अविजित ५१ रन जोड्दा केन्नर लेविस ४९ रन जोडे ।

जमैकाले दिएको १७९ रनको लक्ष्य पक्ष्याएको प्याट्रियट्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्याट्रियट्सका कप्तान क्रिस गेलले २४ तथा मोहमद महमुदउल्लाहले २२ रन जोडे । सन्दीप लामिछाने २ रनमा अविजित रहे । जमैकाका इमाद विसम, क्रिश्मार सन्टोकी र एडम जाम्पाले २र२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा