(साउन ३१, एजेन्सी) । अफगानिस्तानको राजधानी काबुलमा रहेका ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् ।
विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए । कसले घटना घटाएको भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन ।
त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।





