(साउन ३०, काठमाडौं)। मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले नेपाली कामदार मलेसिया लैजान जीटूजी सम्झौता गर्ने भएका छन् ।
प्रधानमन्त्री मोहमदले नेपाली कामदार ल्याउन नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै उनले नेपाल कामदार पठाउन इच्छुक रहेको र आफूहरु पनि नेपाली कामदार ल्याउन तयार भएकाले जीटूजी गर्न तयारी गरेको बताएका छन् ।
महाथीर मोहम्मदको नेतृत्वमा नयाँ सरकार बनेपछि पुरानो सरकारले चलाएको ठगी धन्दा रोक्ने गरी अहिले प्रकृया अघि बढेको छ । जेठ ३ गते भन्दाअघि भिसा लागिसकेको कामदारका लागि भने नेपाल सरकारले केही समयअघि अन्तिम श्रम स्वीकृति खुल्ला गरेको थियो ।
समस्या समाधानका लागि नेपालसँग समझदारी (एमओयू) गर्ने तयारी भइरहेको मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले जानकारी दिएका छन् । एमओयू प्रस्ताव संसदमा पेश गर्ने र आवश्यक प्रक्रियाका लागि नेपाल आउने बताएका छन् ।






