(साउन २९, एजेन्सी) । पाकिस्तानले आज ७१ औ स्वतन्त्रता दिवस मनाएको छ ।
वर्षको प्रत्येक १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका छन् ।
कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा दिएको शुभकामना सन्देश वाचन गरेर सुनाएका छन् ।





