(साउन २८, एजेन्सी) । भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ ।
कोलकाताको अस्पतालमा उपचारका क्रममा चटर्जीको ८९ वर्षको उमेरमा सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चटर्जी कम्युनिष्ट पार्टीबाट लोकसभामा अध्यक्ष हुने पहिलो हुन् । उनलाई आइतबार ह्रदयघात भएपछि भेन्टिलेसनमा राखेर उपचार गराइएको थियो । उनको मृत्युले भारतीय कम्युनिष्टमा भने ठूूलो क्षती पुगेको छ ।
उनी मे २००४ देखि २००९ सम्म लोकसभा अध्यक्ष बनेका थिए। भारतीय कम्युनिष्ट पार्टीबाट ४० वर्ष संसदको प्रतिनिधीत्व गरेका उनी जीवनकालमा पहिलो पटक सन १९८४ मा ममता बेनर्जीसँग पराजित भएका थिए ।
चटर्जीका श्रीमती, एक छोरा र एक छोरी छन्।






