(साउन २७, एजेन्सी) । मेरो पुर्खा नेपालबाट आएको हुनसक्छ भन्ने साहित्यकार तथा नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ ।
नायपालको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ । भारतीय मूलका नायपालको जन्म १९३२ मा ट्रिनिडाडमा भएको थियो ।
उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।
ट्रिनिडाडमा हुर्किएका उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन् ।






