कंगोमा इवोलाले लियो डरलाग्दो रुप : थप दशको मृत्यु

(साउन २६, एजेन्सी) । कंगोको पूर्वी क्षेत्रमा इबोलाले डरलाग्दो रुप लिदैं थप दश जनाको मृत्यु भएको छ ।

युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्ने दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ । कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौं मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि