इङ्ग्लिस प्रिमियर लिग : उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडको विजयी

(साउन २६ , काठमाडौं) । इङ्ग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत गरेको छ ।

शनिबार राति भएको उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो । पोग्बाले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हाफको अन्तिम समयतिर युनाइटेडले अर्को एक गोल थप्यो । ८३ औं मिनेटमा ल्युक शोवले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । रुस विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सका पउल पोग्बा चार दिनअघि मात्रै युनाइटेडको प्रशिक्षणमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि