(साउन २५, काठमाडौं)। फ्रान्समा हुने ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’ मा नेपाली कला प्रदर्शन हुने भुएको छ ।
जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना नेपाली कलाकारहरुको फ्रान्स पुगेको छ । टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । विश्वब्यापी कार्यक्रम अन्तर्गत यूरोप पुगेको यो टोलीले फ्रान्स पछि टर्की, बेल्जियम लगायतका देशको विभिन्न शहरमा कार्यक्रम गर्नेछ ।
लोप हुन लागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोकगीत, लोकबाजा आदिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम लिएर कलाकार सहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठान’का अध्यक्ष जोगेन्द्र केसीले जानकारी दिएका छन ।
नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्हाकार संगीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेल रहेका छन् ।
अन्य कलाकारहरुमा नृत्य निर्देशक भुवनदास श्रेष्ठ, निरिपध्वज खत्री, सारदश्वती शर्मा, नृत्य निर्देशक छेडुप लामा, गायक तथा मोडल पिएन सापकोटा, मोडल पुर्णिमा श्रेष्ठ, माधवप्रसाद त्रिपाठी, ‘लेट मी डान्स् सिजन–२’ की विजेता खिमा काउचामगर, न्हुछेराजा मुनिकार, दिपक श्रेष्ठ, सृर्जना आले मगर, सुनिता परियार, सन्तोषकुमार कार्की, दावा स्याङ्वो लामा तामाङ, धावा वाङ्देल, शर्मिला तामाङ, गोमा सुवेदी रहेका छन् ।






